श्रीलंकामा एक व्यक्ति चंगा उडाउँदै गर्दा धागो समातेर आफैै उडेको भिडियो सार्वजनिक भएको छ ।
जाफनामा केही दिनअघि भएको चंगा उडाउने प्रतियोगितामा यो अनौठो घटना भएको हो ।
ती व्यक्ति टोलीका आफ्ना साथीहरूसँग मिलेर चंगाको धागो समात्ने कोशिश गरिरहेका थिए । तर हावा तीव्र गतिमा चलिरहेकोले ठूलो चंगासँगै उनी पनि उडे । हेर्दाहेर्दै उनी ३० फीट माथिसम्म उडे ।
उडे पनि उनले धागो छोड्न मानेनन् । साथीहरूले धागो छोड् भने पनि उनले टेरेनन् । अलिकति तल आएपछि भने उनले धागो छोडे अनि भुइँमा डङरङ्ङ पछारिए ।
उनलाई चोट लागेको छ । पछि साथीहरूले उनलाई अस्पताल लगे ।
Dramatic video shows a youth swept into the air with a kite in Jaffna area.
The youth was reportedly suffered minor injuries.pic.twitter.com/W0NKrYnTe6 #Kiteman #Kite #LKA #Jaffna #SriLanka— Sri Lanka Tweet 🇱🇰 💉 (@SriLankaTweet) December 21, 2021