०६ साउन २०८३, बुधबार

ललिता निवास जग्गा प्रकरण: रामकुमार सुवेदी र उनकी श्रीमतीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश

ललिता निवास जग्गा प्रकरण: रामकुमार सुवेदी र उनकी श्रीमतीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश

काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त रामकुमार सुवेदी र उनकी श्रीमती माधवीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । 

अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले रामकुमार र माधवीलाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

दुवै जनालाई पक्राउ गर्न मंगलवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्माको इजलासले पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलवार राति स्वयम्भूबाट पक्राउ गरेको थियो । 

सीआईबीले ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्