
बुधवार शेयर बजारमा उत्साहजनक वृद्धि भएको छ ।
यस दिन नेप्से परिसूचक ९२.१६ अंकको वृद्धि आएको छ ।
नेप्से ३.८२ प्रतिशतमा वृद्धि हुँदा २५०७.७० विन्दुमा पुगेको छ ।
यस दिन सेन्सेटिभ परिसूचक १४.७४ अंकले बढ्दै ४७७.२६ विन्दुमा पुगेको छ ।
बुधवार २ सय ३३ कम्पनी कारोबारमा आएकोमा १८६ कम्पनीको शेयरमूल्य बढेको छ । यस्तै २ कम्पनीको शेयरमूल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्य स्थिर छ ।
यस दिन २३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँमा कारोबार भएको छ ।
बुधवार विभिन्न ४ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि हुँदै सकारात्मक सर्किट ब्रेक लागेको छ ।
अरुण भ्याली हाइड्रोपावर डेभलोपमेन्ट कम्पनी लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड र शिवम् सिमेन्ट लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सर्किट लागेको हो ।
नविल डिवेन्चर २०८५ को शेयर मूल्य सर्वाधिक बढी ४.५९ प्रतिशतले घटेको छ ।
बुधवार कारोबारमा आएका कम्पनीहरूमध्ये सर्वाधिक बढी हिमालयन डिस्टिलरी लिमिटेडको ६८ करोड ३४ लाख ५० हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।