०२ साउन २०८३, शनिबार

तरलता अभाव समाधानको प्रयास : ७ दिनभित्र ५२ अर्ब रुपैयाँ बजार पठाउँदै राष्ट्र बैंक

तरलता अभाव समाधानको प्रयास :  ७ दिनभित्र ५२ अर्ब रुपैयाँ बजार पठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले यो हप्ता ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५२ अर्ब रुपैयाँ पुनरकर्जा अन्तर्गतको पैसा पठाउने जानकारी दिएका हुन्।

आर्थिक पत्रकारहरुसँगको बुधवार सम्पन्न अन्तरक्रियामा गभर्नर अधिकारीले मंगलवार मात्रै पुनरकर्जा अन्तर्गत ९२ अर्ब रुपैयाँ स्वीकृत भएको जसमा ५२ अर्ब रुपैयाँ यो हप्ता बैंकिङ प्रणालीमा पठाउने जानकारी दिए ।

सरकारले गरेको निर्णयले पनि ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा थपिने छ । बैंकहरुमा रहेको स्थानीय तहको कोषको रकम ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न दिने व्यवस्था अर्थमन्त्रालयले गरेको थियो । जसबाट ५० अर्ब तरलता थपिने छ ।

‘९२ अर्ब रुपैयाँ पुनरकर्जा स्वीकृत भएकोमा यो हप्ता ५२ अर्ब रुपैयाँ र एक महिनाभित्रमा ४२ अर्ब रुपैयाँ बजारमा जाने छ,’गभर्नर अधिकारीले भने ।

उनले नचाहिने सामान आयात भएकोले राष्ट्र बैंकले कडाइ गरेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्