०५ असार २०८३, शुक्रबार

भारतमा ओमिक्रोनको संक्रमण ५ दिनमा दोब्बर

पुस ७, २०७८
भारतमा ओमिक्रोनको संक्रमण ५ दिनमा दोब्बर

दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा ५ दिनमा दोब्बर भएको छ ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या बुधवारसम्म २३० पुगेको छ । भारतका १५ प्रदेशमा ओमिक्रोन फैलिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तर जति तीव्रगतिमा ओमिक्रोन फैलिरहेको छ, संक्रमित त्यति नै निको पनि भइरहेका छन् । ओमिक्रोन डेल्टा भेरियन्टको तुलनामा बढी संक्रामक भए पनि असर कम देखिने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा ६५ र दिल्लीमा ५७ संक्रमित पुष्टि भएका छन् । १७ डिसेम्बरका दिन भारतमा संक्रमितको संख्या १०० रहेकोमा २१ डिसेम्बरमा संक्रमित २०० बढी पुगेका थिए । यसरी ५ दिनमै ओमिक्रोन संक्रमण दोब्बर फैलिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्