
काठमाडौं– पानी जहाजमा सुरक्षा गार्डको काम लाई दिने भनि नेपालबाट सोमालिया पुर्याएर मानव बेचविखन गर्ने एक जनालाई मानव बेचविखन ब्यूरोले पक्राउ गरेको छ ।
व्यूरोले मध्यपुर थिमी नगरपालिका–३ का ४२ बर्षीय कविराज कटुवाललाई भक्तपुर आफ्नै घरबाट पक्राउ गरेको व्युरोका प्रवक्ता शारदा प्रसाद चौधरीले जनाकारी दिए ।
कटुवालले ९ सय अमेरिकी डलर तलब गरि सुरक्षा गार्डमा लैजाने भन्दै पीडितलाई बैशाख १ गते युनाइटेड अरब इमिरेट्सको दुबईमा लगेर राहदानी र मोबाइल नियन्त्रणमा लिएर माछा मार्ने जहाजमा सोमालियका पठाएको प्रहरीले जनाएको छ ।
त्यस क्रममा पीडितको समुद्रमा मृत्यु भएको र परिवारलाई लाश झिकाउन ४० लाख रुपैयाँ लाग्ने भन्दै ठगी गर्ने खोजेको प्रहरीले जनाएको छ ।
उनलाई मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार कारवाही प्रकृया अगाडि बढाएको ब्यूरोले जनाएको छ ।