१२ असार २०८३, शुक्रबार

दोस्रो सन्तान पनि छोरी नै जन्मिएपछि यस्तो भयंकर खुशीयाली

पुस ८, २०७८
दोस्रो सन्तान पनि छोरी नै जन्मिएपछि यस्तो भयंकर खुशीयाली

छोरी जन्मिएको सुन्दा कतिपय घरमा निराशा छाउँछ तर घरमा दोस्रो सन्तानको रूपमा छोरी नै जन्मिँदा खुशीयाली मनाउने पनि देखिएका छन् ।

भारतको मध्यप्रदेशस्थित राजगढ जिल्ला खुजनेरमा स्थानीय महिला रीना प्रजापतिले दोस्रो सन्तान छोरी जन्माएपछि गाउँमा खुशीयाली मनाइयो ।

रीनाका पति रामलखन प्रजापति नगर परिषद्मा अस्थायी कर्मचारी छन् । छोरी जन्मिँदा घरलाई बेलुन र फूलले सिँगारियो, बाजागाजा बजाइयो ।

सन् २०१७ मा रीनाले पहिलो छोरी पाएकी थिइन् । प्रजापति परिवारले छोरीलाई लक्ष्मीको रूपमा मान्ने गरेको छ । बाजागाजासहित नवजात शिशुलाई गृहप्रवेश गराउँदा गाउँलेले नृत्य समेत गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्