१८ असार २०८३, बिहीबार

कांग्रेस महासचिव प्रियंकाको आरोप : अयोध्यामा राम मन्दिर बनाउँदा घोटाला भयो

पुस ८, २०७८
कांग्रेस महासचिव प्रियंकाको आरोप : अयोध्यामा राम मन्दिर बनाउँदा घोटाला भयो
फाइल फोटो

अयोध्यामा राम मन्दिर निर्माणको काम जारी रहेका बेला भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीले मन्दिर निर्माणमा घोटाला भएको आरोप लगाएकी छन् ।

मन्दिर बनाउन दलितको जमिन कब्जा गरिएको र चन्दा संकलन गरेर घोटाला गरिएको उनको आरोप रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

बिहीवार दिल्लीमा आयोजित प्रेस वार्तामा उनले भनिन्, ‘दलितको जमिन कब्जा गरिएको छ, चन्दाका नाममा घोटाला भइरहेको छ । एकखालको रामको नाममा लूट मच्चाइएको छ ।’

मन्दिर निर्माणमा भएको घोटालाको छानबिनको जिम्मा जिल्लास्तरका अधिकारीलाई दिएकोप्रति असन्तुष्टि जनाउँदै प्रियंकाले सर्वाेच्च अदालतको निगरानीमा छानबिन हुनुपर्ने बताइन् ।

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले चुनावी मुद्दा बनाएको राम मन्दिर निर्माण कार्य जारी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्