१५ असार २०८३, सोमबार

वैदेशिक व्यापार ६३ प्रतिशतले बढ्यो

वैदेशिक व्यापार ६३ प्रतिशतले बढ्यो

चालू आर्थिक वर्षको पहिलो ५ महिनामा मुलुकको वैदेशिक व्यापार ६३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ ।

गत आवको शुरूको ५ महिनामा ५ खर्ब ७५ अर्ब रहेको मुलुुकको वैदेशिक व्यापार चालू आवको सोही अवधिमा ९ खर्ब ४१ अर्ब पुगेको छ ।
        
भन्सार विभागद्वारा बिहीवार जारी पछिल्लो तथ्यांकअनुसार गत आवका तुलनामा आयात ५९ दशमलव ५५ प्रतिशतले बढेको छ ।

गत आवको पहिलो ५ महिनामा ५ खर्ब २५ अर्ब मूल्य बराबरको आयात भएकामा चालू आवको मंसिर मसान्तसम्म ८ खर्ब ३८ अर्ब पुगेको छ । गत आवको पहिलो ५ महिनाका तुलनामा चालू आवको निर्यात १०५ दशमलव ६१ प्रतिशतले बढेको छ ।

गत आवको मंसिर मसान्तसम्म ५० अर्ब ५ करोड बराबरको निर्यात भएकामा चालू आवको समीक्षा अवधिमा १ खर्ब २ अर्ब बराबरकोे निर्यात भएको छ । 
        
विभागका अनुसार चालू आवको पहिलो ५ महिनासम्मको अवधिमा वैदेशिक व्यापारमा वृद्धि भए तापनि मुलुकको व्यापार घाटा भने अघिल्लो आवको तुलनामा ५४ दशमलव ७ प्रतिशतले बढेर ७ खर्ब ३५ अर्ब पुगेको छ । गत आवको पहिलो ५ महिनामा व्यापार घाटा ४ खर्ब ७५ अर्ब थियो । 
     
मुलुकको कूल वैदेशिक व्यापारमा गत आवको पहिलो ५ महिनासम्म आयातको हिस्सा ९१ दशमलव ३ प्रतिशत रहेकामा यस्तो हिस्सा २ दशमलव ४५ प्रतिशतले घटेर चालू आवमा ८९ दशमलव ०७ प्रतिशतमा आएको छ । 

वैदेशिक व्यापारमा निर्यातको हिस्सा २५ दशमलव ७२ प्रतिशतले बढेर १० दशमलव ९३ प्रतिशत पुगेको छ । यस्तो हिस्सा अघिल्लो आवको पहिलो ५ महिनामा ८ दशमलव ७ प्रतिशत थियो । – नवीन पौडेल/रासस
 

salt training

कमेन्ट गर्नुहोस्