०८ साउन २०८३, शुक्रबार

भारत : पञ्जाबको लुधियाना जिल्ला अदालतमा बम विस्फोट, १ जनाको मृत्यु (भिडियो)

पुस ८, २०७८
भारत : पञ्जाबको लुधियाना जिल्ला अदालतमा बम विस्फोट, १ जनाको मृत्यु (भिडियो)

भारतको पञ्जाब राज्यमा रहेको लुधियाना जिल्ला अदालतमा बिहीवार बम विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । 

घटनास्थलमा भएका एक अधिवक्ताले विस्फोट दोस्रो तल्लाको सार्वजनिक शौचालयमा भएको बताए । 

घटना हुँदा अदालतको कारवाही चलिरहेको थियो । 

घटनास्थललाई सीलबन्दी गरिएको र विस्फोट भएको स्थानबाट फरेन्सिक टीमहरूले नमूना संकलन गर्ने लुधिायानाका प्रहरी कमिस्नर गुरप्रीत सिंह भुल्लरले बताए । 

विस्फोट हुनुभन्दा केही मिनेटअघि विधायक सिमरजीत बैंसविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ सकिएको थियो । आफूविरुद्ध जारी गरिएको गैरजमानती वारेन्टको प्रतिक्रियामा बैंसले अदालतमा निवेदन दिएका थिए । 

शिरोमणि अकाली दलका नेता तथा मुद्दाकी निवेदकका वकिल हरीश राय धन्धाले भने, ‘म भवनबाट निस्केलगत्तै विस्फोट भएको हो । शायद मलाई तारो बनाइएको थियो । यो कांग्रेस सरकारको पूर्ण असफलता हो ।’

पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चन्नीले राज्यमा शान्ति खलबल्याउनका लागि राष्ट्रविरोधी शक्तिहरूले प्रयास गरिरहेको आरोप लगाए । अपराधीहरूलाई बाँकी नराख्ने उनको दाबी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्