०९ असार २०८३, मंगलबार

सर्वोच्चको समस्या समाधानका लागि पहल लिन प्रधानमन्त्रीलाई महान्यायाधिवक्ताको आग्रह

सर्वोच्चको समस्या समाधानका लागि पहल लिन प्रधानमन्त्रीलाई महान्यायाधिवक्ताको आग्रह

महान्यायाधिवक्ता खम्मबहादुर खातीले सर्वोच्च अदालतको समस्याबारे चासो लिएर निकास दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालयको ७१औं स्थापना दिवसका अवसरमा प्रधानमन्त्री निवास वालुवाटारमा बिहीवार आयोजित कार्यक्रममा खातीले प्रधानमन्त्रीसमक्ष आग्रह गरेका हुन् ।

’प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन आन्दोलित भएको तथा सबैको चासोको विषय समेत भएकाले सम्माननीयज्यूले निकास दिनका लागि पहल लिनुहुन भन्दै उहाँले आग्रह गर्नुभयो,’ खातीको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

महान्यायाधिवक्ताले त्यस्तो आग्रह गरे पनि प्रधानमन्त्री देउवाले भने त्यो विषयमा कुनै पनि जवाफ नदिएको स्रोतको कथन छ ।

‘प्रधानमन्त्रीज्यूले शुरूमै आफ्नो मन्तव्य राखेर शुभकामना व्यक्त गर्नुभएको थियो,’ स्रोतले भन्यो, ‘अन्तिममा महान्यायाधिवक्ताज्यूले आफ्नो धारणा राख्दा त्यस्तो चासो राख्नुभएकाले प्रधानमन्त्रीज्यूले बोल्ने कुरै भएन ।’

salt training

कमेन्ट गर्नुहोस्