१३ असार २०८३, शनिबार

कांग्रेस महाधिवेशनमा सबै पदको मतगणना सकियो, भोलि प्रमाणपत्र वितरण गरिने

कांग्रेस महाधिवेशनमा सबै पदको मतगणना सकियो, भोलि प्रमाणपत्र वितरण गरिने

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सबै पदको मतगणना सम्पन्न भएको छ ।

पार्टीको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको मतदानको बिहीवार सबै पदको मतगणना सम्पन्न भएको हो ।

कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सबै पदको मतगणना सम्पन्न भएकाले बिहीवारै रातिसम्म सबै पदको नतिजा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए ।

कांग्रेसले यसअघि पदाधिकारी, खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्य, प्रदेश पुरुष तथा महिला केन्द्रीय सदस्य, दलित महिला तथा पुरुष केन्द्रीय सदस्य, मुस्लिम, थारु, मधेशी लगायत क्लस्टर अनुसारको मतगणना सम्पन्न गरिसकेको छ ।

बाँकी रहेका आदिवासी जनजाति केन्द्रीय सदस्य, खस आर्य केन्द्रीय सदस्य महिला तथा पुरुषको पनि गणना अन्तिम चरणमा पुगेकाले बिहीवारै सबै सूची सार्वजनिक गरिने संयोजक घिमिरेले जानकारी दिए ।

निर्वाचित उम्मेदवारलाई भोलि शुक्रवार प्रमाणपत्र वितरण गर्ने कार्यक्रम समेत निर्वाचन समितिले गरेको छ ।

कांग्रेसले १४औं महाधिवेशनमा १३४ कार्यसमितिका लागि निर्वाचन गरेको थियो । निर्वाचनमा ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

कांग्रेसको १४औं महाधिवेशनबाट वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्