
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यलाई शनिबार प्रमाणपत्र दिइने भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरुलाई विहान ११ बजे निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । कार्यक्रम पार्टी कार्यालमा हुने छ ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तरवतको मतगणना बिहीबार सकिएको थियो ।