०५ साउन २०८३, मंगलबार

कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष केसीले लिए शपथ

कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष केसीले लिए शपथ

कृषि बिकास बैंकका नवनियुक्त अध्यक्ष रमेशकुमार के.सीले पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष केसीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी मार्फत शपथ लिएका हुन् ।

सञ्चालक समितिको नवनियुक्त अध्यक्ष नेपाल सरकारको विभिन्न निकायमा रहि महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हाँसिल गरेका छन् । निज हाल अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहेका छन् ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भ नरहरू क्रमशः डा. निलम ढुंगाना तिमल्सिना, बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ति प्रसाद सापकोटा, कृषि विकास बैंकका संचालक समिति सदस्य संजिव पौडेल, डा.इन्दिरा मास्के श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल समेतको उपस्थिती थियो ।

salt training

कमेन्ट गर्नुहोस्