
मकवानपुरमा शुक्रवार बेग्लाबेग्लै स्थानमा १ पुरुष र २ महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
फरक–फरक स्थानमा २ महिला झुण्डिएको अवस्थामा फेला परेका छन् भने १ पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ सिँचाइ टोलमा बस्ने १८ वर्षीया आरती घिमिरे कोठामा र मकवानपुरगढी गाउँपालिका–६ बस्ने ४२ वर्षीया सुनमाया रुम्वा गोलेको शव घर नजिकै रुखमा झुण्डिएको अवस्था फेला परेको जिल्लाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
दुवै शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा पठाइएको छ ।
मकवानपुरगढी गाउँपालिका–७ सुकौरामा शुक्रवार अन्दाजी २५ वर्षीय १ पुरुषको शव फेला परेको छ । स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा पठाएको जनाएको छ । शवको पहिचान खुल्न सकेको छैन ।