२५ जेठ २०८३, सोमबार

पुर्चौडीबाटै फोटो सहितको मतदाता नामावली संकलन

पुर्चौडीबाटै फोटो सहितको मतदाता नामावली संकलन
प्रतिकात्मक तस्वीर

जिल्ला निर्वाचन कार्यालय बैतडीले इलाका प्रशासन कार्यालय पुर्चौडीबाट पनि फोटो सहितको मतदाता नामावली संकलनको व्यवस्था गरेको छ ।

आगामी सबै तहका निर्वाचनलाई लक्षित गर्दै इलाका प्रशासन कार्यालयबाट पनि नामावली संकलन थालिएको हो । 

निर्वाचन आयोगले इलाका प्रशासन कार्यालयबाट पनि नामावली संकलन गर्न दिएको निर्देशन अनुसार नै काम शुरू गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलले जानकारी दिए ।

यसै हप्ताबाट शुरू भएको नामावली संकलन कार्य पुस १९ गतेसम्म सञ्चालन हुनेछ । 

इलाका प्रशासनबाट नेपाली नागरिकता प्रमाणपत्र जारी हुने भएकाले नागरिकता पाउने बित्तिकै नामावलीमा नाम दर्ता गराउनको लागि व्यवस्था गरिएको छ । हालसम्म ९८ जनाले आफ्नो नाम दर्ता गराइसकेका त्यहाँ खटिएका दर्ता कर्मचारी दीपेन्द्र धामीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट नियमित रूपमा नामावली संकलन जारी छ । बैतडीमा हालसम्म १ लाख ४८ हजार बढीले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्