२५ जेठ २०८३, सोमबार

कांग्रेसका नवनिर्वाचित पदाधिकारीसहित केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण

कांग्रेसका नवनिर्वाचित पदाधिकारीसहित केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ । 

शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई केन्द्रीय निर्वाचन समिति संयोजक गोपालप्रसाद घिमिरेले प्रमाणपत्र वितरण गरेका हुन् । 

गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा सम्पन्न सो महाधिवेशनले सभापतिमा देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीसहित १३५ जना केन्द्रीय सदस्यहरू निर्वाचित गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्