
गृहमन्त्री बालकृष्ण खाणले प्रदेशको राजधानी नहुँदैमा बुटवलको विकासमा कुनै फरक नपर्ने बताएका छन् ।
आफ्नै इतिहास र बलबुताले बुटवल अहिलेको अवस्थामा स्थापित भएको उल्लेख गर्दै गृहमन्त्री खाणले राजधानी नरहे पनि बुटवल बुटवल नै रहने बताएका हुन् ।
गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको साधारण सभा तथा तेस्रो अधिवेशन शनिवार उद्घाटन गर्दै गृहमन्त्री खाणले सबैको साझा प्रयत्नबाट बुटवललाई अब्बल बनाउन सकिएको बताए ।
रुपन्देहीको विकासका लागि आफ्नो क्षेत्रबाट धेरै प्रयासहरू भइरहे पनि विकासका लागि गरेको पहलको जस भने नलिने बताए ।
उनले गौतमबुद्ध सामुदायिक अस्पतालको लागि तिलोत्तमा नगरपालिकामा प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दुस्खद रहेको उल्लेख गर्दै आफूले सरकारको तर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने बताए ।