
पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४४७ नमूना परीक्षणमध्ये १५७ पीसीआर र १० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ५८३ पुगेको छ ।
मन्त्रालयका अनुसार थप २२६ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १० हजार ४९७ पुगेको छ ।
हाल मुलुकभर ४ हजार ९७८ सक्रिय संक्रमित छन् ।