२५ जेठ २०८३, सोमबार

माओवादी केन्द्रद्वारा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत

माओवादी केन्द्रद्वारा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत


नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशनमा परिणत गर्ने भएको छ । आइतबारदेखि माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा तय गरिएको छ । शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई नै पार्टीको महाधिवेशनमा परिणत गर्ने निर्णय भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्डले सम्मेलनले नीति र नेतृत्व चयन गर्ने भएपछि  महाधिवेशन नै भनौं भन्ने प्रस्ताव गरेका थिए । स्थायी कमिटीको निर्णयलाई आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने तय भएको छ । माओवादीको  राष्ट्रिय सम्मेलनलाई भनेर १५०० बढी प्रतिनिधि चयन भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्