२४ जेठ २०८३, आइतबार

तीन सुपरफूड, जसमा लुकेको छ सुन्दरताको रहस्य !

पुस ११, २०७८
तीन सुपरफूड, जसमा लुकेको छ सुन्दरताको रहस्य !

अनुहारलाई सुन्दर बनाउन मानिसहरु अनेक प्रकारका ब्यूटी प्राेडेक्ट प्रयोग गर्दछन् । तर, तपाइँको शरीर भित्रबाट सफा छैन भने कुनै पनि क्रिम लगाउनुहोस् सुन्दरतामा कुनै निखार आउँदैन । 

राम्रो कपाल र राम्रो छालाका लागि स्वस्थ्य खाना पनि आवश्यक हुन्छ । केही खास प्रकारका बिउले नै तपाइँको शरीरलाई स्वस्थ बनाउँदै कपाल र छालालाई आकर्षक बनाउन सहयोग गर्छन् । 

चियाको बिउ 

चियाको बिउमा आमेगा–३ र फ्याटी एसिड भरपुर मात्रामा पाइन्छ । हरेक दिन चियाको बिउ खानाले हाइड्रेशन बढ्छ र छालालाई सफा, कोमल र चमकदार बनाउँछ ।

चियाको बिउले अनुहार चाउरी पर्नबाट पनि रोक्छ । एन्टी एजिङको काम पनि गर्दछ । 

आलसको बिउ 

आलसको बिउले बिग्रिएको हार्मोनलाई सुन्तुलित गर्छ । आलसको बिउले शरीरमा आउने मुसालाई पनि नियन्त्रण गर्दछ ।

यसको एन्टी इन्फ्लेमेटरी गुणले छालामा सूजन हुन पनि दिँदैन । आलसको बिउले पाचन तन्त्रलाई सफा गर्नुका साथै शरीरलाई स्वस्थ्य राख्न पनि सहयोगी हुन्छ । 

सूर्यमुखि फूलको बिउ

सूर्यमुखि फूलको बिउमा जिङ्क र भिटामिन बीको राम्रो स्रोत हो । यसका साथै सूर्यमुखि फूलको बिउमा भारी मात्रामा म्याग्नेशिसयम र एन्टीअक्सिडेन्ट पनि पाइन्छ ।

जसले फ्री रेडिकल्सबाट लड्न सहयोग गर्नुका साथै छालालाई सँधै तन्दुरुस्त बनाउँछ । सूर्यमुखि फूलको बिउले छाला र अनुहार आउने काला दागलाई हटाउन पनि सहयोग गर्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्