२४ जेठ २०८३, आइतबार

पुस ११ देखि १७ गतेसम्मको साप्ताहिक राशिफल : चम्किदैछ यी राशि भएकाहरुको भाग्य

पुस ११ देखि १७ गतेसम्मको साप्ताहिक राशिफल : चम्किदैछ यी राशि भएकाहरुको भाग्य

मेष

यो हप्ता कुनै पनि व्यक्तिद्वारा विश्वासघात हुन सक्छ, विचार गर्नुहोला । बहुमूल्य चीजहरूको सुरक्षा राख्नुहोस् । स्थायी सम्पत्ती र जग्गा जमिनबाट ठूलो फाइदा लिन सकिन्छ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले चिन्ता बढ्न सक्छ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रह योग छ । आँखाको समस्याले पनि सताउनसक्छ ।

वृष

यो हप्ता धेरै व्यक्तिहरूले हजुरको उत्साह बढाउनेछन् ।  प्रेमी-प्रेमिकामा केहि मतभेद रहन सक्छ । तपाईले रिसाउनु अघि एक अर्काको भावना बुझ्नुहोस् ।  परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर पनि ब्यापारबाट भने फाईदै हुने समय रहेको छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर पाइनेछ ।

मिथुन

यो साता नजिकका आफन्तहरूको घरमा पुग्न सकिने समय रहेको छ । रमाइलो वातावरण हुनेछ र कुनै विशेष मुद्दामा पनि छलफल हुनेछ । आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । ठूला ब्यक्तीहरुबाट मानसम्मान प्राप्त होला । बुधबारपछि आर्थिक समस्या समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । धनलाभ पनि होला ।

कर्कट

विशेष अवसर प्राप्त भए पनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपला । दाजुभाइ तथा दिदीबहिनीहरुमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला ।

सिंह

यो साता पतिपत्नीले आपसी सद्भावले घरको व्यवस्था मिलाउने छन ।  युवावर्गमा मित्रता बढ्नेछ र  प्रेम मामिलामा केहि अप्ठ्यारा परिवर्तन आउन सक्नेछ ।अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

कन्या

यो हप्ता गर्भवती महिलालाई बढी सावधान हुन आवस्यक छ ।  शेयर बजारमा पैसा लगानी गर्नेहरू पैसा डुब्न सक्नेछ, नया कदम नलिएको नै बेश रहला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । 

तुला

यो साता तपाईको खाना र पेयमा विशेष ख्याल राख्नुहोस्, बिरामी पर्न सकिने छ । विशेषगरी माइग्रेन बिरामीहरूले समयमै खाना खान छोड्नु हुँदैन, अन्यथा व्यर्थमा भावनात्मक तनावबाट व्यतित हुनु पर्नेछ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।

वृश्चिक

हप्ताको सुरुवातमा प्रगतिको लागि बाटो प्रशस्त हुनेछन । बेरोजगारी हटाउन प्रयासहरू सफल हुनेछन् । समयको अनुकूलताको फाइदा लिनुहोस् । स्वास्थ्य  कमजोर रहन सक्छ । जोखिम नलिनुहोला । खुशी हुनुहोस् । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मानसम्मान पनि पाइनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ ।

धनु

यो साता सामान्य टाउको दुख्ने र पेट दुख्न सक्नेछ । समस्या हल हुन सक्नेछ । घरको कुनै पनि सदस्यको मायाले साता राम्रो बित्नेछ । कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

मकर

यो हप्ता यदि कुनै भवन निर्माण सम्बन्धी कार्य रोकिएको छ भने  योजनाको लागि  सही समय छ । यदि तपाईं भोज मनाउने सोच्दै हुनुहुन्छ भने, तब आफ्ना राम्रा साथीहरूलाई बोलाउनुहोस् । आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । व्यापारब्याबसायमा बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । काम बिग्रने डरले सताइरहनेछ ।

कुम्भ

यो साता ब्यापारको काम सहजसँग चल्नेछ तर त्यहाँ एक कर्मचारीको कारण समस्या हुन सक्छ । उचित रणनीति बनाएर काम गर्न आवश्यक छ । कार्यालय वातावरण अनुकूल रहनेछ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । मेहनतले अध्ययनमा प्रगति हुनेछ । सामान्यतया राम्रै रहेको छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ ।  छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु होला, रुपैयापैसा हराउन सक्छ ।

मीन

यो हप्ता खोकी, चिसो र  ज्वरोको समस्या हुनेछ । लापरवाह नहुनुहोस् र तुरून्त उपचार खोज्नुहोस् । यदि तपाई समयमै सचेत हुनुभयो भने उत्तम हुनेछ  । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

salt training

कमेन्ट गर्नुहोस्