२२ जेठ २०८३, शुक्रबार

सर्लाहीमा साइकलको ठक्करबाट एक जनाको मृत्यु

पुस ११, २०७८
सर्लाहीमा साइकलको ठक्करबाट एक जनाको मृत्यु

सर्लाहीमा  शनिवार राति छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ । 

मलङ्गवा–नवलपुर सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका–६ लक्ष्मीपुरमा साइकलको ठक्करबाट ५५ वर्षीया सैफुल खातुनको मृत्यु भएको छ । 

बाटो पार क्रममा शनिवार साँझ खातुनलाई साइकलले ठक्कर दिएको थियो । घाइते खातुनको जनकपुरमा उपचारका क्रममा गएराति ९:३० बजे मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । 

साइकल चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । उता पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जंगलमा नम्बर नखुलेको एक सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ना ३४ प ७०२१ नम्बरको मोटरसाइकलको पछि बसेका लालबन्दी नगरपालिका–७ बस्ने ५७ वर्षीय भीम गुरुङको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवामा पुर्‍याइएको थियो । उनलाई चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्