२६ जेठ २०८३, मंगलबार

बलिउडका भाइजान सलमानको सम्पत्ति कति ? बिगबोसबाट कति लिन्छन् पारिश्रमिक ?

बलिउडका भाइजान सलमानको सम्पत्ति कति ? बिगबोसबाट कति लिन्छन् पारिश्रमिक ?

बलिउडका भाइजान सलमान खान आफ्नो चलचित्रमा नयाँ नायिकाहरूलाई डेब्यू गराउनेमा प्रख्यात छन् । चलचित्रबाहेक उनले बिइङ ह्युमनमार्फत् सामाज र अनाथ बालबालिका लागि पनि सहयोग गर्ने गर्छन् । 

उनी जब पर्दामा आउँछन् तब उनले ब्लकबस्टर चलचित्रहरू दिने गर्छन् । 

दबङ, सुल्तान, बजरंगी भाइजान, अन्तिम जस्ता चलचित्रले उनका फ्यानहरूको मत जितेको छ । 

बलिउड चलचित्रका सुपरस्टार सलमानको लाइफस्टायल कस्तो छ त ? उनले कति कमाउँछन् ? भन्नेबारे जानकारी दिँदैछौं । 

सलमान चलचित्रमा धेरै पारिश्रमिक लिने अभिनेता हुन् । मिडिया रिपोर्टस्का अनुसार सलमानको नेटवर्थ लगभग ३६० मिलियन डलर हो । 

उनको कमाइको मुख्य आधार भनेकै चलचित्र हो । सलमानले एउटा चलचित्रका लागि ६० करोड रूपैयाँ पारिश्रमिक लिन्छन् । 

चलचित्रबाहेक सलमान विज्ञापन, ब्राण्ड प्रमोशन, लगानी र सामाजिक सञ्जालका माध्यमबाट पनि मोटो रकम कमाउँछन् । 

उनले बिगबोस १५ का लागि ३५० करोड पारिश्रमिक लिएका थिए ।  उनी धेरैका ब्राण्ड एम्बेस्डर पनि छन् । यसका लागि उनले ८–१० करोड रूपैयाँ लिने गर्छन् । 

सलमानको मुम्बइमा आलीशान महल छ । उनको घरको नाम ग्यालेक्सी अपार्टमेन्ट हो । 

यसबाहेक सलमानसँग एउटा फाइभ बीएचके बंगला पनि छ । पनवेलमा एक फार्महाउस छ, जहाँ उनी लकडाउनका बेला प्रायः त्यहाँ देखिन्थे । 

मिडिया रिपोर्टस्का अनुसार दिल्ली, नोयडा र चण्डीगढलगायतका ठाउँमा पनि उनको धेरै सम्पत्ति छ । 

सलमान लग्जरी कारका सौखिन छन् । उनको साथमा धेरै महँगा गाडीहरू छन् । उनीसँग अडी, बैंटले, रोल्स रोयस् र मर्सिडिजजस्ता कारहरू छन् । - अमरउजाला

salt training

कमेन्ट गर्नुहोस्