२३ जेठ २०८३, शनिबार

सनी लियोनीको ‘मधुवन मे राधिका नाचे’ गीत विवादमा, साधुसन्तले दिए यस्तो चेतावनी

पुस ११, २०७८
सनी लियोनीको ‘मधुवन मे राधिका नाचे’ गीत विवादमा, साधुसन्तले दिए यस्तो चेतावनी

बलिउड अभिनेत्री सनी लियोनीको ‘मधुवन मे राधिका नाचे’ गीत विवादमा परेको छ । 

वास्तवमा उत्तरप्रदेशको धार्मिक नगरी मथुरामा साधुसन्तले सनी लियोनीको नयाँ भिडियो एल्बममाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् । 

साधुसन्तका अनुसार सनी लियोनीले ‘मधुवन मे राधिका नाचे’ गीतमा ‘अश्लील’ नृत्य गरेकी छन् । यसले धार्मिक भावनामाथि आँच पुग्ने काम गरेको उनीहरूले आरोप लगाएका छन् ।

वृन्दावनका सन्त नवल गिरि महाराजले सरकारले सनी लियोनीमाथि कारवाही नगरे र उसको भिडियोमाथि प्रतिबन्ध नलगाए आफूहरू अदालत जाने चेतावनी दिएका छन् । उनले जबसम्म उनी आफ्नो सिन फिर्ता लिन्निन् र सार्वजनिक रुपमा माफी माग्दिनन् तबसम्म उनलाई भारतमा बस्ने अनुमति दिन नहुने बताए । 

स्मरण रहोस् सनी लियोनीले नृत्य गरेको ‘मधुवन मे राधिका नाचे’ भन्ने गीतको मूल रुप मोहम्मद रफीले १९६० मा बनेको चलचित्र ‘कोहीनूर’का लागि गाएका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्