
शिवम् सिमेन्ट लिमिटेडले प्रदेश २ का विभिन्न जिल्लाका १२ स्थानमा अन्तरक्रिया कार्यक्रम गरेको छ । निर्माणसम्बन्धीको प्राविधिक अन्तरक्रियामा एक हजार भन्दा बढी निर्माणकर्मीको सहभागिता थियो ।
कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीहरूको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
योसँगै देशका विभिन्न स्थानहरूमा शिवम् सिमेन्टले २५ सय बढी निर्माणकर्मीहरूसँग निर्माण विज्ञ परामर्श सेवा तथा हरेक निर्माणकर्मीहरूको ५ लाख बराबरको जोखिम बहन बीमा गरिसकेको छ ।
शिवम् सिमेन्टले मिर्चैया, गोलबजार, लहान, सिराहा, कठौना, राजविराज, कञ्चनपुर, भारदह, बेलटार, रामपुर, कटारीलगायतका विभिन्न १२ स्थानमा अन्तरक्रिया गरेको थियो ।

उक्त अन्र्तक्रिया कार्यक्रममा निर्माणकर्मीहरूलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आईपर्ने निर्माणसम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।
शिवम् सिमेन्टले चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरुमा नियमित रुपमा निर्माण कर्मीहरुसंग प्राविधिक अन्तक्रिया तथा बीमा कार्यक्रम गर्दै आइरहेको छ ।
शिवम् सिमेन्टले निरन्तर रुपमा बिक्रीपछिको निःशुल्क प्राविधिक सेवा समेत दिँदै आइरहेको छ ।
निःशुल्क दक्ष प्राविधिक सेवा लिनको लागि टोल फ्रि.नं. १६६००१२३३२१ (एनटीसी) ९८०१५७५५७५ (एनसेल) मा सम्पर्क गर्न सकिने शिवम् सिमेन्टले जनाएको छ ।

