०५ असार २०८३, शुक्रबार

माइनस ५६ डिग्रीको जाडोमा हरिणको भयो यस्तो हालत (भिडियो)

पुस ११, २०७८
माइनस ५६ डिग्रीको जाडोमा हरिणको भयो यस्तो हालत (भिडियो)

अहिले सबैजनाले निकै जाडो अनुभव गरिरहेका छन् । 

तर माइनस ५६ डिग्रीको तापक्रमको अनुभव चाहिँ विरलैले मात्र गर्छन् । 

कजाखस्तानमा माइनस ५६ डिग्री तापक्रमका कारण सडकको किनारमा एउटा हरिण जमेको भिडियो सार्वजनिक भएको छ । टाढाबाट हेर्दा पुत्ला जस्तो देखिने कुरा नजिक गएर हेर्दा जमेको हरिण रहेछ । मानिसहरू उसको नजिक पुग्दा उसमा ज्यान भरियो अनि ऊ दौडियो । 

तर अलिकति पर पुगेपछि ऊ फेरि जम्यो ।

पछि स्थानीयहरूले उसलाई समाते अनि उसको शरीरमा जमेको हिउँ निकाले । 

यस घटनाको भिडियो क्लिपलाई इन्स्टाग्राममा शेयर गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्