२२ जेठ २०८३, शुक्रबार

२४ घण्टामा थपिए २१९ संक्रमित, २ जनाको मृत्यु

२४ घण्टामा थपिए २१९ संक्रमित, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६७७ नमूना परीक्षणमध्ये २१३ पीसीआर र ६ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ५८५ पुगेको छ । 

मन्त्रालयका अनुसार थप २८३ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १० हजार ७८० पुगेको छ । 

हाल मुलुकभर ४ हजार ९०६ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्