०९ साउन २०८३, शनिबार
माओवादी महाधिवेशन

सीपी गजुरेलले सबै माओवादी शक्ति एक हुनका लागि ४ शर्त सुनाउँदा महाधिवेशन हलमा हूटिङ

सीपी गजुरेलले सबै माओवादी शक्ति एक हुनका लागि ४ शर्त सुनाउँदा महाधिवेशन हलमा हूटिङ

नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले सबै माओवादी शक्तिहरू एकजुट हुनका लागि ४ वटा शर्त राखेका छन् ।

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्न पुगेका नेता गजुरेलले सबै माओवादी एकजुट हुनका लागि ४ वटा शर्त राखिरहँदा हलबाट सहभागीहरूले हूटिङ गरेर उनलाई साथ दिएका थिए ।

'नेकपा माओवादी हुँदा वर्षौं सँगै बसेका पुराना दिनको सम्झना भइरहेको छ । तपाईंहरूको पार्टीका अध्यक्षले पुराना माओवादी एकजुट हुनुपर्छ भनेको कुरा सम्झिरहेको छु । यसलाई हामीले सकारात्मक रूपमा बुझ्ने गरेका छौं । हामी चाहन्छौं, सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी एकजुट हुनुपर्छ,' गजुरेलले भने ।

उनले त्यसको आधार तयार गर्नका लागि ४ वटा शर्त सुनाए ।

–​ जनयुद्ध अघिको केन्द्रीय समिति बैठकका निर्णयलाई पुन:स्थापित गर्नुपर्ने ।
– जनयुद्धको मूल लक्ष्य नेपाललाई जनगणतन्त्र बनाउन अगाडि बढ्नुपर्ने ।
– राष्ट्रिय स्वाधिनताका विषयमा निर्णय- एमसीसी खारेजीका लागि बोल्नुपर्ने ।
– गुमाएका भूभाग नक्सामा त हाँसिल भयो, त्यसलाई वास्तविक रूपमै प्राप्त गर्नका लागि प्रतिबद्धता जनाउनुपर्ने ।

'यी सबै कुरा भयो भने पार्टी एकताका लागि बहस गर्ने ढोका खुल्छ,' गजुरेलले भने, 'यो महाधिवेशनले त्यो ढोका खोलोस् ।'

salt training

कमेन्ट गर्नुहोस्