
बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्षलाई मासिक तलब खुवाउनका लागि सर्वोच्च अदालतले परमादेशको आदेश जारी गरेको छ।
अधिवक्ता पंकज कर्णका अनुसार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलासले आज उक्त परमादेशको आदेश जारी गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायले अध्यक्षलाई दिने गरेको राज्य मन्त्री सरहको मासिक पारिश्रमिक रोकेको थियो।
अहिले नेपाली कांग्रेसका नेता शालिकराम सिंह परिषदका अध्यक्ष छन् । सर्वोच्चको आदेशसँगै उनले पनि अब मासिक तलब पाउने भएका छन् ।
यसअघि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राम कुमार शर्मा त्यसको अध्यक्ष थिए । उनले बैठक भत्ता मात्र पाउने गरेका थिए।
सर्वोच्चको परमादेश पछि उनले मासिक तलब पाउने भएका छन्।