२४ जेठ २०८३, आइतबार
माओवादी महाधिवेशन

माओवादी महाधिवेशनमा शंकर पोखरेलले भने- नेकपा एकता जोगाउन नसकेकोमा पछुतो छ

माओवादी महाधिवेशनमा शंकर पोखरेलले भने- नेकपा एकता जोगाउन नसकेकोमा पछुतो छ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो व्यक्त गरेका छन् । 

उनले नेपालमा एउटा बलियो वामपन्थी शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरिए पनि त्यो सफल हुन नसकेको बताएका हुन् । 

‘एउटा बलियो वामपन्थी शक्ति बनाउने उद्देश्यका साथ एउटै घोषणा पत्रमा चुनाव लड्यौँ र एउटै पार्टी बनाउन नेकपा गठन गर्‍यौँ,’ आइतवार काठमाडौंमा माओवादी केन्द्रको ८ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधनका क्रममा पोखरेलले भने, ‘त्यो एकतालाई कायम राख्न सकेनौँ, एकताका लागि इमान्दार प्रयास थिए, ऐतिहासिक आवश्यकता थियो, त्यो एकता जोगाउन नसकेकोमा पछुतो छ ।’

पोखरेलले नयाँ म्याण्डेटका साथ वामपन्थी आन्दोलनलाई अगाडि बढाउन अब आउने नेतृत्व सफल हुने विश्वास व्यक्त गरे । उनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानको मामिलामा नेपालका राजनीतिक दलहरू एक ठाउँमा उभिन जरुरी रहेको बताए । 

‘राष्ट्रियताको मामिलामा हामी विभाजित हुनुपर्ने कारण छैन । कतै हामी नेपालमा नियन्त्रित अस्थिरताको शिकार त भइरहेका छैनौँ ? राष्ट्रियता र स्वाधीनताको पक्षमा एकजुट हुनुपर्छ । अधिकारको प्रश्नमा मिल्छौँ, अधिकार र समृद्धिको प्रश्नमा मिल्न नसक्ने कारण के हो ?,’ पोखरेलले प्रश्न गरे ।

salt training

कमेन्ट गर्नुहोस्