
राष्ट्रिय सभा निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचन सुरक्षाबारे केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ ।
आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा प्रबन्ध र रणनीति’bout छलफल भएको हो । ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रबन्ध कसरी गर्ने भन्ने विषयमा बैठकमा छलफल भयो,’ गृह सचिव टेकनारायण पाण्डेले भने ।
बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान ब्युरोलगायतका सुरक्षा अंगका प्रमुखसँग गृहमन्त्री खाँणले सुरक्षा अवस्था र निर्वाचनबारेt राय लिएका थिए । सो क्रममा सुरक्षा निकायका प्रतिनिधिले निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थाका लागि आवश्यक व्यवस्थापनको तयारी’bout सुझाएका थिए ।
गृहमन्त्रीका प्रेस संयोजक मधुसूधन भट्टराईका अनुसार बैठकमा गृह सचिव पाण्डे, रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालालगायत सहभागी थिए ।
आगामी १२ माघमा राष्ट्रिय सभाका १९ सदस्य छान्न निर्वाचन हुँदै छ । २० फागुनबाट रिक्त हुने ती पदमा निर्वाचन गर्न निर्वाचन आयोगले तयारी गरिरहेको छ । राजधानी दैनिकमा खबर छ ।