२२ जेठ २०८३, शुक्रबार

ओशोका यी १० विचार, जसले साँचो प्रेमलाई सफल बनाउन सहयोग गर्छ

पुस १२, २०७८
ओशोका यी १० विचार, जसले साँचो प्रेमलाई सफल बनाउन सहयोग गर्छ

प्रेम के हो ? यो कसरी हुन्छ ? 

पछिल्लो समय प्रेमका बारेमा युवा पुस्ताहरू निकै सोच्ने गरेको अध्ययनले देखाएको छ । 

खास प्रेम के हो ?  ​विश्वप्रसिद्ध गुरु ओशोले प्रेमका बारेमा धेरै महत्वपूर्ण कुराहरु बताएका छन् । जुन कुरा थाहा पाउन हरेक प्रेमीहरुलाई अत्यावश्यक छ । ति विचारहरु यसप्रकार छन् ।

१. यी कुराहरुले कुनै महत्व राख्दैनन् कि तपाई कोसँग, कहाँ, किन, कहिले र केका लागि प्रेम गर्नुहुन्छ महत्व राख्ने कुरा त मात्र यति हो कि तपाई प्रेम गर्नुहुन्छ ।

२. प्रेम एकपक्षीय हुन्छ, जो सधैं स्वतन्त्र रहन मनपराउँछ । जसलाई बढ्नका लागि पुरा आकाशको जरुरी हुन्छ ।

३. यो संसारमा मित्रता नै साँचो प्रेम हो । मित्रताको भाव प्रेमको सर्वोच्च रुप हो । जहाँ केहि कुराको माग गरिदैँन, कुनै शर्तहरु राखिदैँन मात्र प्रेम पोखिन्छ ।

४. यदि तपाई प्रेमले र प्रेमको साथमा बाँच्नुहुन्छ भने त्यो नै महान् जिन्दगी हो, किनभने प्रेमले जीवनलाई महान् बनाउँछ ।

५. प्रेमको सर्वश्रेष्ठ सिमा पूर्ण स्वतन्त्रता हो, कुनै पनि सम्बन्धहरु टुक्रिनुको मुख्य कारण स्वतन्त्रतामाथि बन्देज हुनु नै हो ।

६. प्रेम एउटा मादक वस्तु हो । प्रेमीहरुले त्यसको स्वाद लिनुपर्छ, त्यसलाई पिउनुपर्छ, त्योभित्र पूर्णरुपमा डुब्नुपर्छ । तबमात्र प्रेम कस्तो वस्तु हो भनि तपाई थाहा पाउन सक्नुहुन्छ ।

७. मित्रता एउटा चोखो प्रेम र प्रेमको सबैभन्दा उच्चस्तर हो । मित्रतामा कुनैपनि परिस्थितको लागि कसैसँग कुनै आज्ञा लिइदैन । यसमा केवल एकअर्कालाई खुशी भएको देख्ने चाहाना राखिन्छ ।

८. जब तपाई प्रेमको योजना बनाउन शुरु गर्नुहुन्छ, जब तपाईको पूर्ण ध्यान त्यसमा लाग्छ तब यो झूटो र पाखण्डी बन्छ ।

९. प्रेममा सबैभन्दा ठूलो प्रश्न कति पाउन सकिन्छ भन्दा पनि कति भुलाउन सकिन्छ भन्ने हो ।

१०. प्रेम तब साँचो हुन्छ जब कोही पनि एकअर्काको व्याक्तिगत मामिलाम हस्तक्षेप गर्दैन । प्रेममा एकअर्काप्रति सम्मानको भाव हुनु आवश्यक छ ।

salt training

कमेन्ट गर्नुहोस्