२३ जेठ २०८३, शनिबार

पश्चिमी वायुको प्रभावले देशभर बदली

पश्चिमी वायुको प्रभावले देशभर बदली

हाल देशमा  पश्चिमी  वायुको  प्रभाव  रहेको  छ भने जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चिसो समेत बढेको छ । महाशाखाका अनुसार सोमबार दिउँसो देशको पहाडी तथा हिमाली भूभागहरूमा सामान्यदेखि पूर्णतया बदली रहने छ ।  तराईका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति पनि पहाडी तथा हिमाली भूभागहरूमा सामान्यदेखि पूर्णतया बदलीको सम्भावना रहेको छ ।  तराइका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्