×

NMB BANK
NIC ASIA

कांग्रेसको भ्रातृ संगठन तरुण दल र नेविसंघ निस्क्रिय

पुस १२, २०७८

NTC
Premier Steels


नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठनका रूपमा रहेका नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्वविहीन भएका छन् । केन्द्रीय समितिले तोकेको तदर्थ समितिको भरमा चलेको नेविसंघ र चार नेताको भरमा चलेको तरुण दल मात्र हैन कांग्रेसका प्रायः सबै भ्रातृ एवं शुभेच्छुक संघसंस्था लथालिंग अवस्थामा चलेका छन् ।

Muktinath Bank

पाँच वर्षअघि पोखरा अघिवेशनमा आफूले चाहेको व्यक्ति नेतृत्वमा नआउने पक्का भएपछि तत्कालीन अवस्थामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काले सहमति गरी तरुणदलको चार पदाधिकारी छानेका थिए । तरुणदलको महाधिवेशनमा अध्यक्षमा सभापति देउवा पक्षका जितजंग बस्नेत, उपाध्यक्षमा नेता सिटौला पक्षका उत्तम चापागार्इं, महासचिवमा पार्टीका वरिष्ठ नेता पौडेल पक्षका भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा खुमबहादुर खड्का पक्षका नेता विधान गुरुङलाई चयन गरिएको घोषणा गर्दै कार्यसमितिका बाँकी सदस्य पछि चयन गर्ने भन्दै महाधिवेशन सम्पन्न भएको बताएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाधिवेशनबाट चुनिएको पदाधिकारीको अवधि चार वर्ष भए पनि पाँच वर्षसम्म चार नेताको भरमा तरुणदल चलिरहेको छ । कार्यसमितिको बाँकी सदस्य अझै चुनिएको छैन ।


Advertisment
Nabil box
Kumari

कांग्रेसभित्र रहेका चरम गुटलाई मिलाउन तरुणदलको ६१ सदस्यीय कार्यसमितिको आकार बढाएर ९५ सदस्यीय समिति बनाइएको थियो । पोखरा अधिवेशनमा तरुण दलको संशोधित विधानअनुसार खुलातर्फ २३, प्रदेशबाट २८, महिलाबाट ८, आदिवासी जनजाति मधेसबाट चार/चार जना, दलित अल्पसंख्यकबाट तीन/तीन जना तथा थारू मुस्लिमबाट एक/एक जना निर्वाचित हुनुपर्ने थियो । संशोधित विधानमा अध्यक्षले दुई सचिवसहित १६ जना मनोनित गर्ने व्यवस्था गरिएको थियो ।

Vianet communication

पोखरा अघिवेशन अघि तत्कालीन अवस्थामा विभाजित दुई कांग्रेस एकीकरण भएपछि छ महिनाका लागि गठन गरिएको तरुण दलको तदर्थ कार्यसमिति १४ वर्ष त्यत्तिकै चलेको थियो । अब फेरि अधिवेशन गर्ने तयारीमा जुट्ने बेलासम्म कार्यसमितिले पूर्णता नपाएर निराश भएका तरुण दलका कार्यकर्ताहरू भएका चार नेता पनि विभाजित भएपछि चिन्तित रहेको बताउँछन् ।

कांग्रेस विधानमा माथिल्लो तहमा निर्वाचित भएपछि तल्लो तहको पद स्वतः खारेज हुने व्यवस्था रहेको भन्दै नेविसंघका महामन्त्री बलदेव तिमल्सिना भन्छन्– ‘नेविसंघका अध्यक्ष राजीव ढुंगाना र तरुण दलका अध्यक्ष जितजंग बस्नेत केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उहाँहरूको पद स्वतः खारेज हुनुपर्ने हो ।नेपाल समाचारपत्रमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x