
वामपन्थी नेता वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रशंसा गरेका छन्। पार्टी एकता राष्ट्रिय अभियानका संयोजक रहेका उनले प्रचण्डले कसैको पनि आलोचना नगरी तर्कयुक्त विचार राखेको भन्दै वक्तव्य जारी गरी उनकाे प्रशंसा गरेका हुन् ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादीकाे आठाैं महाधिवेशन उद्घाटन समारोमा प्रचण्डले आलोचना नगरी संक्षिप्त र तर्कयुक्त विचार राखेको गौतमको भनाइ छ ।
वक्तव्यमा भनिएकाे छ, 'उहाँकाे मन्तव्यमा एउटा पनि दुर्वचन थिएन । कतिपय पार्टीका नेता दुर्वचनबाट आफ्नाे मन्तव्य सुरु गर्छन् र दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन् । उनकाे तुलनामा प्रचण्ड एकदमै सुसंकृत देखिनुभयाे ।'
यद्यपि गौतम माओवादीको महाधिवेशन उद्घाटन समारोहमा सहभागी भने भएनन् ।