२६ जेठ २०८३, मंगलबार

इरानले इजरायलको आणविक भट्टीमा आक्रमणका लागि गर्‍यो अभ्यास

पुस १२, २०७८
इरानले इजरायलको आणविक भट्टीमा आक्रमणका लागि गर्‍यो अभ्यास

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले सैन्य अभ्यासका क्रममा इजरायलको आणविक भट्टीमा नक्कली आक्रमण गरेको छ । 

नक्कली भट्टी नै खडा गरेर त्यसलाई कैयौं ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरिएको थियो ।

ग्रेट प्रोफेट १७ सैन्य अभ्यास अन्तर्गत यो नक्कली आक्रमण गरिएको हो । यो पाँचदिने अभ्यास डिसेम्बर २० बाट शुरू भएको हो । 

इजरायलको डिमोना रियाक्टरको नक्कली प्रारूप बनाएर त्यसलाई ध्वस्त पारेको भिडियो फूटेज इरानको सञ्चारमाध्यममा प्रसारण गरिएको छ । 

अभ्यासको भिडियोमा अनेकौं ब्यालिस्टिक क्षेप्यास्त्र लोन्चर आक्रमणका लागि तम्तयार पारेर राखिएको र तिनले तारोमा प्रहार गरेको देखिन्छ । 

इरान र इजरायलबीच तनाव उच्च विन्दुमा पुगेको बेलामा ग्रेट प्रोफेट १७ अभ्यास गरिएको हो । इजरायलले इरानसँगको आणविक सम्झौता ब्युँताउन नहुने बताउने गरेको छ । यसमार्फत इरानले आणविक हतियार बनाउने अनि इजरायलमाथि प्रहार गर्ने इजरायलको आशंका छ । 

इरानले यस आरोपलाई खण्डन गर्ने गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्