२३ असार २०८३, मंगलबार
माओवादी महाधिवेशन

प्रचण्डले पेश गरे ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन

प्रचण्डले पेश गरे ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनअन्तर्गत सोमवार शुरू बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । 

प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी बन्दत्रमा प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदन पेश गरेका हुन् । 

प्रचण्डको प्रस्तावमा नेताहरू सुविधाभोगी बनेको, जनतासँगको अन्तरक्रिया पातलो भएको जस्ता विषय उठान गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । विज्ञान प्रविधिको विकास, वित्तीय पुँजीवादको असरका कारण उत्पादन सम्बन्धमा असर परेको जस्ता विषय प्रतिवेदनमा समेटिएका छन् । 

प्रतिवेदनमाथि छलफलका लागि २० वटा समूह बनाउने तयारी छ । 

बन्दसत्र सञ्चालनका लागि कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी, परशुराम रम्तेल र रुपा महर्जन रहेको अध्यक्ष मण्डल बनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्