×

NMB BANK
NIC ASIA

युट्युबरको ज्यादती

युट्युबको माध्यमबाट 'अपराध' : मोडल बनाइदिने प्रलोभन देखाएर अश्लील भिडियो खिच्दै प्रचार !

पुस १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल प्रहरीको साइबर ब्यूरोले आइतवार ‘साथीभाइ अनलाइन टीभी’ नामक युट्युब च्यानल सञ्चालक ३१ वर्षीय रामबहादुर मल्ललाई पक्राउ गर्‍यो ।

Muktinath Bank

बाग्लुङको निसीखोला गाउँपालिका वडा नम्बर १ घर भएका मल्लमाथि अनुसन्धानका लागि ५ दिनको म्याद लिएर हिरासतमा राखिएको ब्यूरोका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले उनलाई सामाजिक मर्यादामा खलल पुर्‍याएकाले पक्राउ गरेका हौं,’ एसएसपी अर्यालले लोकान्तरसँग भने, ‘अहिले हामीले अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

किन परे पक्राउ ?

साथीभाइ अनलाइन टीभी नामको युट्युब च्यानलमा १ सयभन्दा बढी भिडियो छन् । उक्त च्यानल १ लाख १७ हजार जनाले सस्क्राइब गरेका छन् ।

त्यसमा अपलोड भएका भिडियोका शीर्षक हेर्दा नै थाहा हुन्छ, ती परिवारसँग बसेर हेर्न मिल्ने खालका छैनन् ।

प्य्रांकको बहानामा द्विअर्थी र अश्लील शब्द प्रयोग गरेर उनले फरक-फरक युवतीसँग अमर्यादित भिडियो बनाएका छन् ।

एकै युवतीको एकभन्दा बढी भिडियो पनि बनाइएको छ, जुन लोकेसन र पोशाक हेर्दा एकै दिन खिचेको जस्तो देखिन्छ ।

भिडियोमा उनले ‘पाइन्ट खोलेर देखाइदिम्’, ‘दुई खुट्टाको बीचमा के हुन्छ ?’, ‘नांग्गै बनाइदेऊ न’ जस्ता अश्लील र समाजमा नपच्ने खालका संवाद युवतीहरूसँग गरेका छन् ।

कतिपय भिडियोका शीर्षक त यस्ता छन्, जुन यहाँ उल्लेख गर्न पनि सकिन्न । युवतीलाई पछाडिबाट समाएको, कपडा खोल्न लागेको दृश्य पनि भिडियोमा छ ।

उक्त भिडियो १ लाख १६ हजार पटक हेरिएको छ ।

भिडियोको शुरूमै एक युवतीलाई 'खाइदिऊँ' भन्दै च्याप्प समाएको क्लिप छ । त्यसलाई दोहोर्‍याएर देखाइएको छ ।

पूरै भिडियो द्विअर्थी र अश्लील शब्द प्रयोग गरी बनाइएको छ ।

मोडल बनाइदिन्छु भन्दै ब्ल्याकमेल !

मोडल बनाइदिने प्रलोभन देखाएर युवतीहरूको भिडियो खिच्ने गरेको उनले प्रहरीसँगको बयानमा जानकारी गराएका छन् ।

‘युवतीहरूलाई हिट बनाइदिने बहानामा भिडियो खेलाउने र द्विअर्थी संवाद गर्ने गरेको पाइएको छ,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘त्यसले गर्दा उनीहरूको परिवारमा समस्या आउने गरेको देखिएको छ ।’

नेपालको संविधानले सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ । व्यक्तिगत गोपनीयताको हक पनि हरेक मानिसलाई छ ।

तर, डलर कमाउन ‘युट्युबर’हरूले संविधानमा भएका प्रावधान धज्जी उडाइरहेका छन्,

अमर्यादित खालका भिडियो बनाउने युट्युबरहरूलाई प्रहरी प्रधान कार्यालयको पहल र गृह मन्त्रालयको निर्देशनमा पक्राउ गरी कानूनको दायरामा ल्याउन थालिएको ब्यूरोका प्रवक्ता एसएसपी नविन्द्र अर्यालले बताए । 

‘गृहमन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयको निर्देशनमा हामीले समाजमा खलल पुर्‍याउने युटुबरहरूलाई पक्राउ गर्दै आएका छौं,’ एसएसपी अर्यालले लोकान्तरसँग भने, ‘कानूनले बर्जित गरेका शब्दहरू प्रयोग गर्ने युट्युबरहरूलाई पक्राउ गरिरहेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x