१३ असार २०८३, शनिबार

राष्ट्रिय निकुञ्जबाट दुई जना काठ तस्कर पक्राउ

राष्ट्रिय निकुञ्जबाट दुई जना काठ तस्कर पक्राउ

नेपाली सेनाले पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति इलाकाबाट दुई जना काठ तस्कर पक्राउ गरेको छ ।

निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र निकुञ्जको प्रशासन सहितको गस्ति टोलीले तस्करलाई पक्राउ गरेको नेपाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

तस्करबाट सेनाको टोलीले सालको चिरान कडी २८ वटा प्राप्त गरेको बताएको छ ।

पक्राउ परेका तस्करलाई राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाएको नेपाली सेनाले बताएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्