२३ असार २०८३, मंगलबार

एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसक्यो : माधव नेपाल

एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसक्यो : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले पार्टीको रूपमा नरहेको टिप्पणी गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी समेत गरे ।

बिहीवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेको क्रान्तिकारी नै भुत्तै भएकाले आफूहरूले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्क समेत गरे ।

अध्यक्ष नेपालले एमालेमा केही गरौं भन्ने भावना समेत नरहेको बताए । उनले भने, ‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन । धार भुत्तै भयो । भए पनि काम नलाग्ने, त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ । धारै छैन । क्रान्तिकारी चिन्तन नै छैन । परिवर्तनको संकल्प नै छैन । निस्वार्थ भावना पनि छैन । केही गरौं भन्ने पवित्र सोच नै छैन । क्रान्तिकारी भावना छैन भने, समर्पणको भावना छैन भने, त्यो पार्टी पार्टी रहँदैन । त्यो पाटीपौवा हुन पुग्दछ । त्यो पाटीपौवाको केही काम छैन ।’ 

अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र मुलुकलाई समृद्ध बनाउने संकल्पका साथ आफ्नो पार्टी अघि बढिरहेको दोेहोर्‍याए । उनले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढ्ने भन्दै टोलटोलमा गएर पार्टीको संगठन निर्माणमा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिए ।

salt training

कमेन्ट गर्नुहोस्