
बुधवार बिहानदेखि लगातार भएको हिमपातका कारण केरुङबाट रसुवागढीतर्फ आउने कन्टेनर बाटोमै रोकिएका छन् । नेपाल ल्याउन चीनको केरुङस्थित गोदाममा राखिएको सामान हिमपातका कारण लोड गर्न सकिएको छैन ।
लोड भएर रसुवागढीतर्फ हिँडेका कन्टेनर पनि केरुङमै रोकिएका छन् । व्यवसायीहरूका अनुसार लोड भएर रसुवागढीतर्फ आउन लागेका कन्टेनरमा रेडिमेड कपडा र जुत्ताचप्पल रहेका छन् । हिमपातका कारण धिङ्ग्री, झोङ्गालगायत ठाउँमा पनि सडक अवरुद्ध हुँदा केरुङ आउन लागेका कन्टेनर उतै रोकिएका छन् ।
केरुङमा करीब ३ फिटभन्दा बढी हिउँ परेको बताइएको व्यवसायी पुरुषोत्तम पौडेलले बताए । ‘पहिलेको भन्दा धेरै हिउँ परेको छ, अहिले सामान लोड गर्ने स्थिति छैन भन्ने खबर आएको छ,’ उनले भने, ‘हिउँ छ, यातायात अवरुद्ध भएको छ, अब कति दिन लाग्छ भन्ने यकिन छैन ।’ आर्थिक अभियान दैनिकमा खबर छ ।