
कोरोना महामारी मुलुकभर शुरू भएसँगै बैंक तथा वित्तीय क्षेत्रमा नयाँ चुनौती देखा पर्यो ।
त्यो चुनौती थियो- भीड पनि कम गर्ने, सेवा पनि जारी राख्ने । तर, यो काम त्यसै सजिलो थिएन ।
पछिल्लो समय प्रयोगमा आइरहेको सेवाभन्दा भिन्न तरिकाले सेवा दिनुपर्ने बाध्यता बैंकमा आयो ।
उसो त बैंकहरूले विस्तारै आफूलाई प्रविधिमैत्री बनाइराखेका थिए । त,र कोरोनापछि झनै तीव्र रुपमा यसको प्रयोग गर्नुपर्ने आवश्यकता देखियो ।
यसैबीचमा मोबाइलबाटै खाता खोल्ने, सामान्य कारोबार गर्न मिल्ने, डिम्याट, मेरो शेयर लगायतको खाता घरबाटै बनाउन मिल्ने जस्ता कुराहरू भए ।
विस्तारै बैंक थप प्रविधिमैत्री बन्दै गयो ।
र, शुरू भयो भीकेवाईसी
कोरोना महामारीपश्चात बैंकहरूले सोच्न बाध्य भए, बैंकमा ग्राहकको उपस्थिति कसरी सहज गराउने ?
बैंकहरूलाई यो साँच्चै चुनौती थियो । किनकी सर्वाधिक भीड हुने ठाउँमा बैंक पनि अग्रस्थानमा नै थियो ।
यसैबीच एनएमबी बैंकले शुरू गर्यो ‘भीकेवाईसी’ ।
कोरोना महामारीपछिकै योजनाअन्तर्गत बैंकले यो सेवा सार्वजनिक गरेको हो ।
बैंकले भीकेवाईसी गत असोज ११ गतेदेखि सञ्चालनमा ल्याएको छ ।
भीकेवाईसी अहिले विश्वका ३० भन्दा बढी मुलुकहरूमा रहेका नेपालीहरूले प्रयोग गरिरहेको बैंकको दाबी छ ।
के हो भीकेवाईसी ?
भीकेवाईसी यस्तो सुविधा हो, जसमार्फत सेवाग्राहीले बैंक कारोबार गर्न सक्छन् ।
भिडियो कलबाटै आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अपडेट गराएर बैंक खाता खोल्न सकिने छ ।
एनएमबी बैंक यो सुविधा लागू गर्ने नेपालकै पहिलो बैंक हो ।
एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिन्छ ।
नेपालको बैंकिङ क्षेत्रमा यो सुविधा पछिल्लो समय लोकप्रिय समेत बन्दै छ ।
यसमा ग्राहकहरूले एनएमबीमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्नेछन् ।
यसका लागि भीकेवाईसीको डिजिटल लिंकमा जानुपर्छ ।
१५ सय ग्राहकहरू एनएमबीको भीकेवाईसीमा जोडिएका छन् ।
विदेशबाट रकम पठाउनसमेत सहयोग
बैंकले भीकेवाईसीलाई सञ्चालनमा ल्याएसँगै विदेशबाट नेपाल भित्रने रकम बैंकिङ च्यानलमार्फत आउने विश्वास व्यक्त गरेको छ ।
यतिन्जेल बैंकिङ च्यानलमा नआएका रकमहरू अब आफू बसेकै ठाउँबाट बैंकमा खाता खोलेर रकम पठाउने सुविधा भएसँगै धेरै नै फाइदा पुग्ने बैंक बताउँछ ।
हालसम्म ३० भन्दा बढी मुलुकका नेपाली नागरिकले भीकेवाईसीमार्फत नेपालमा रकम भुक्तानी गर्न थालिसकेका छन् ।
यसले विदेशबाट नेपाल भित्रने रेमिट्यान्सलाई समेत बैंकिङ च्यानलमा ल्याउन सहयोग पुर्याउने बैंकको दाबी छ ।
प्रविधिमा एमएमबीको नेतृत्वदायी भूमिका
एनएमबी बैंकले प्रविधिमा नेतृत्वदायी भूमिका खेलिरहेको छ ।
नेपालको बैंकिङ क्षेत्रमा भिडियो केवाईसीमार्फत खाता खोल्ने र कारोबार गर्न सक्ने सुविधा दिएर पनि बैंकले यसको पुष्टि गरेको छ ।
बैंक तथा वित्तीय क्षेत्रमा भीकेवाईसी आवश्यकता मात्र हैन अनिवार्य आवश्यकता थियो । यसैबीचमा एनएमबीले यो सेवा सार्वजनिक गर्यो । अहिले अन्य धेरै बैंकहरूले यस्तो सेवा सार्वजनिक गरेका छन् ।
कर्जामा नयाँ प्रोडक्ट
प्रविधिलाई आत्मसात् गर्दै नयाँ नयाँ सेवा दिँदै आएको एनएमबी बैंकले कर्जामा नयाँ प्रविधि भित्र्याउने तयारी गरेको छ ।
कर्जामा रोबोटिक प्रोसेस अटोमेसन प्रविधि भित्र्याएको छ ।
जुन रुटिन म्यानुअल खाले कामहरू (फर्म भर्ने लगायतका काम)लाई रोबोटले गर्न सक्छ । जससँग सम्बन्धित एप्लिकेशन प्रयोग गरेर कर्जा दिन सकिने नयाँ सेवा केही समयमा नै सार्वजनिक गर्दैछ ।
बैंकिङ प्रणालीमा तरलता सहन भएसँगै बैंकले नयाँ सेवा सार्वजनिक गर्ने बताएको छ ।
यसले समग्र बैंकिङ क्षेत्रमा ठूलो काम गर्ने बैंकको दाबी छ ।