३१ जेठ २०८३, आइतबार

लक्षण नदेखिएकालाई घरमै क्वारेन्टीनमा बस्ने गरी विदेशबाट नेपाल भित्रिन प्रवेश अनुमति

लक्षण नदेखिएकालाई घरमै क्वारेन्टीनमा बस्ने गरी विदेशबाट नेपाल भित्रिन प्रवेश अनुमति

सरकारले पूर्ण खोप लगाएको १४ दिन पुगेको र ७२ घण्टा भित्रको पीसीआर परीक्षण रिपोर्ट नगेटिभ भएका कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टीनमा बस्ने गरी नेपाल भित्रिने अनुमति दिने निर्णय गरेको छ । 

गृह मन्त्रालयले मन्त्रिपरिषद्को पुस ९ गतेको संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी आदेश संशोधनका सम्बन्धमा बैठकको निर्णय कार्यान्वयनका लागि मातहतका निकायलाई लेखेको पत्रमा सो कुरा उल्लेख छ । 

नेपाली नागरिक र कूटनीतिक वा अफिसियल पासपोर्ट वाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकलाई पूर्ण खोप लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएकालाई अनुमति दिने निर्णय गरेको हो ।

खोपको मात्रा पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकको नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्ने तथा परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेसनमा पठाउन पनि पत्रमा भनिएको छ । 

सरकारले परीक्षण रिपोर्ट नेगेटिभ देखिएकालाई घरमै १० दिन क्वारेन्टीनमा बस्ने गरी प्रवेश दिन पनि मातहतका निकायलाई निर्देशन दिएको छ । 

खोपको मात्र पूरा नगरेका वा खोपको मात्र पूरा गरेको १४ दिन नपुगेका कूटनीतिक वा अफिसियल पासपोर्ट वाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशीको नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्न पनि पत्रमा भनिएको छ । 

पत्रमा परीक्षण रिपोर्ट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेसन वा सम्बन्धित कूटनीतिक नियोगको जिम्मेवारीमा होम आइसोलेसनमा पठाउन भनिएको छ । सरकारले परीक्षण रिपोर्ट नेगेटिभ देखिएकालाई १० दिन होटल क्वारेन्टीन वा सम्बन्धित कूटनीतिक नियोगको जिम्मेवारीमा होम क्वारेन्टीन बस्ने गरी प्रवेश अनुमति दिन निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्