१२ असार २०८३, शुक्रबार

संक्रमितले सास लिँदा पनि अरूलाई सर्छ ओमिक्रोन भेरिएन्ट

पुस १८, २०७८
संक्रमितले सास लिँदा पनि अरूलाई सर्छ ओमिक्रोन भेरिएन्ट

कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले संक्रमणमा अरू सबै भेरिएन्टहरूलाई पछि पारेको छ ।

पहिला खोक्दा वा हाच्छ्युँ गर्दा शरीरबाट निस्केका ड्रपलेटबाट संक्रमण फैलिन्थ्यो भने अहिले संक्रमितको सासबाट मात्र पनि संक्रमण फैलिने भएको छ । 

न्यु यान्ड इमर्जिङ रेस्पिरेटरी भाइरस थ्रेट्स एड्भाइजरी ग्रुपका प्राध्यापक पिटर ओपेनशाका अनुसार, ‘बेलायतमा लगभग ९० प्रतिशत केसका लागि ओमिक्रोन जिम्मेवार छ । यो छिट्टै नै डेल्टा भेरिएन्टभन्दा अगाडि पुग्नेछ ।’

कतिपय रिपोर्टमा ओमिक्रोनबाट हलुका लक्षण मात्र देखिने बताइएको छ । बेलायतको एक आधिकारिक रिपोर्टमा ओमिक्रोनबाट अस्पताल भर्ती हुने जोखिम अन्य भेरिएन्टको तुलनामा ५० देखि ७० प्रतिशत कम छ । 

ओमिक्रोनबाट बच्नका लागि स्वास्थ्यविद्हरूले कोभिड खोपको बूसटर डोज दिन सल्लाह दिएका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्