२४ जेठ २०८३, आइतबार

अमेरिकाको सहमति नलिइकनै इरानविरुद्ध आक्रमण गर्न सक्ने इजरायलका परराष्ट्रमन्त्रीको दाबी

पुस १८, २०७८
अमेरिकाको सहमति नलिइकनै इरानविरुद्ध आक्रमण गर्न सक्ने इजरायलका परराष्ट्रमन्त्रीको दाबी

इजरायलका परराष्ट्रमन्त्री याइर लापिडले अमेरिकाका राष्ट्रपति जो बाइडनलाई खबर नगरिकनै इरानको आणविक विकासलाई रोक्न आफ्नो देशले बलप्रयोग गर्न सक्ने स्पष्ट पारेका छन् । 

‘आफ्नो सुरक्षालाई संरक्षण गर्न इजरायलले आवश्यक सबै कदम चाल्छ । त्यसका लागि हामीलाई कसैको अनुमति आवश्यक छैन । हामीले यो राज्य स्थापना गरेकै दिनदेखि यो कुरा लागू हुन्छ,’ लापिडले इजरायलको च्यानल १२ सँग कुरा गर्दै भने । 

इजरायलसँग सफल आक्रमण गर्ने क्षमता छ त भनी सोधिएको प्रश्नमा लापिडले भने, ‘इजरायलसँग भएको क्षमता संसार अनि यस क्षेत्रका केही विज्ञसमेतको पनि कल्पनाबाहिरको कुरा हो । र इजरायलले आफूलाई इरानी जोखिमबाट सुरक्षित गर्न सक्छ ।’

सन् २०१५ को आणविक सम्झौतालाई ब्युँताउने वार्ता भइरहेको बेलामा इजरायलका अधिकारी र सैन्य अधिकृतहरूले इरानमाथि आक्रमण गर्ने विषयमा सोच बनाइरहेका छन् । 

इजरायलले दिइरहेको चेतावनीका विषयमा तेहरानले शंका व्यक्त गरेको छ । ती कोरा चेतावनी भएको तर आक्रमण गरिएमा कठोर जवाफ फर्काइने उसले प्रतिज्ञा गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्