०८ असार २०८३, सोमबार

प्रचण्डले मेसमा खाना खाएको तस्वीर राख्दै वाईसीएल संयोजकले लेखे– हाम्रोमा सबैका लागि बराबर

प्रचण्डले मेसमा खाना खाएको तस्वीर राख्दै वाईसीएल संयोजकले लेखे– हाम्रोमा सबैका लागि बराबर
तस्वीर : सुमन देवकोटाको फेसबूक वालबाट

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरूले कार्यकर्ताहरूसँगै मेसमा खाना खाएका छन् ।

माओवादी भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लीग (वाईसीएल)का संयोजक सुमन देवकोटाले फेसबूकमा प्रचण्ड र नारायणकाजी श्रेष्ठले खाना खाँदै गरेको तस्वीर राखेका छन् ।

नेता कार्यकर्ता सबैलाई उही खानाको व्यवस्था रहेको उनले फेसबूकमा लेखेका छन् ।

'आठौं राष्ट्रिय महाधिवेशन आज आठौं दिनमा चल्दैछ । म महाधिवेशन प्रतिनिधि सँगसँगै स्वयंसेवकको भूमिकामा पनि छु । स्वयंसेवकले खाने खाना, खाजा, स्थान र पद्धतिभन्दा बाहिर माओवादीका नेताहरूको अर्को कुनै फरक मेनुको व्यवस्था छैन । आज खानाको मेनुमा भात, मुसुरोको दाल, काउली र आलुको तरकारी, ब्रोइलर कुखुराको झोल हालेको मासु र गोलभेँडा पकाएको अचार । जे छ, सबैको लागि बराबर छ । सरलता र सहजता अनुशासनको महत्त्वपूर्ण कडी हो,' देवकोटाले फेसबूकमा लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्