१२ साउन २०८३, मंगलबार

राजमार्ग खुलाउन सिके राउतका कार्यकर्तामाथि प्रहरीले चलायो रबरको गोली, ४ घाइते

राजमार्ग खुलाउन सिके राउतका कार्यकर्तामाथि प्रहरीले चलायो रबरको गोली, ४ घाइते
तस्वीरः बीपी साहबाट ।

धनुषाको पोर्ताहामा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले रबरको गोली चलाएको छ ।   

पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेर आन्दोलन गरिरहेका कार्यकर्तामाथि प्रहरीले ११ राउण्ड रबरको गोली चलाएको हो । गोली लागेर चार जना आन्दोलनकारी घाइते भएको प्रहरीले जनाएको छ । 

यस्तै २ जना प्रहरी र २ जना सशस्त्र प्रहरी पनि घाइते भएका छन् । 

धनुषाका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र बस्नेतका अनुसार स्थिति नियन्त्रणमा लिन ११ राउण्ड रबर बुलेट, १६ सेल अश्रुग्यास प्रहार गरिएको थियो । अहिले स्थिति सामान्य रहेकाे उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्