२४ जेठ २०८३, आइतबार

यी दुई भाग्यशालीले पाए डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ अन्तर्गत स्पेन घुम्ने अवसर

यी दुई भाग्यशालीले पाए डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ अन्तर्गत स्पेन घुम्ने अवसर

डिशहोमले यो वर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ । 

२०७८ कार्तिक १९ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टीभी, सिम टीभीको नयाँ कनेक्सन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरू यस योजनामा सहभागी भएका थिए । 

पुस १६ गते शुक्रवार गरिएको लक्की ड्र मार्फत CasID No. 02564078696 र 02558255824 छानिएका हुन् । 

यस लक्की ड्रको प्रत्यक्ष प्रसारण सरोकार टीभी, रियालिटी टीभी, नेपा च्यानललगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो । विजेताहरूले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यवस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्