
नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गत आइतवारको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गरिरहेका छन् ।
राजनीतिक र विधान प्रस्ताव पारित भएपछि महाधिवेशनको आठौं दिन प्रचण्डले केन्द्रीय समितिमा नाम प्रस्ताव गरेका हुन् । प्रचण्डले २९९ मध्ये प्रस्तावित २३६ जनाको नाम वाचन गरिरहेका छन् ।
महाधिवेशन पुस ११ बाट शुरू भएको हो ।